४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

३१ असार, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मत पाइन् ।

चुनावमा खसेकाे ‍‍ २४२ मध्ये १४८ मत ल्याउँदै भुसाल विजयी भएकी हुन् । भुसाललाई माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र लोसपाले समेत समर्थन गरेका थिए । पराजित एमालेकी भट्टराईले ९३ मत ल्याइन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।

तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले २०७६ साल माघ ६ गते राजीनामा दिएपछि प्रतिनिधिसभामा नयाँ उपसभामुखको निर्वाचन हुन सकेको थिएन । संसदको कार्यकाल नै सकिन लाग्दा भुसाल उपसभामुख निर्वाचित भएकी हुन् । कानून अध्ययन गरेकी भुसाल वरिष्ठ अधिवक्तासमेत हुन् । अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार १७:०१