२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

म कुनै पनि पार्टीमा छैन, एम अधिकारी म चिन्दिनः गभर्नर महाप्रसाद अधिकारी

२८ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पनि पार्टीमा आवद्ध नरहेको स्पष्ट पारेका छन । एम अधिकारीको बारेमा प्रश्न गर्दै पत्रकार दिनेश आचार्यले गरेको प्रश्नको जवाफ दिँदै उनले आफू कुनै पनि पार्टीमा नरहेको बताएका छन ।

उनले भनेका छन, ‘दिनेश जी, म कतै कुनै पार्टी राजनीतिमा नरहेको ब्यहोरा जानकारी गराउन चाहान्छु । यसर्थ त्यहां उल्लेख गरिएको ब्यक्ति म हुने कुरै भएन। ध्यानाकर्षण गराईदिनुभएकोमा हार्दिक धन्यवाद ।’

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार २२:२५