बनेश्वरबाट १८ दिनदेखि हराएकी १५ बर्षीय निक्की पराजुली कहाँ छिन ? किन खोजेन प्रहरीले ?
१६ भदाै, काठमाडाैँ । काठमाडाैँकाे बानेश्वरबाट १८ दिनदेखि हराएकी एक १५ वर्षीय बालिका अझै भेटिन सकेकी छैनन् । गत साउन २८ गते सोमबारको दिन काठमाडाैँ नयाँ वानेश्वर मिलनचोक देवकोटा मार्गबाट अन्दाजी साँझ ७:३० बजेदेखि हराएकी बालिका अझै फेला नपरेको भन्दै उनको अामाले खोजीमा सहयाेग गरिदिन सम्पूर्णमा अाग्रह गरेकी छिन ।
निक्की पराजुली नाम गरेकी १५ वर्षीय बालिका खोजिदिन गाैशला प्रहरीमा जाहेरी दिएको भए पनि हालसम्म खोजतलास हुन नसकेको परिवारले जनाएको छ । निक्की भ्याली भ्यू बोर्डिंगं स्कूलमा कक्षा दशमा अध्ययनरत छिन् । हल्का गहुंगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पेन्टमा र टिसर्ट लगाएर घरबाट केहि नभनी निस्किएर गएको परिवारले जनाएको छ ।
निक्कीका दाजु क्रिस पराजुलीले बहिनीलार्इ स्कुल जाउ भन्दा जहिल्यै रूने गरेको बताउँछन । निक्कीले स्कुल जाउँभन्दा मलार्इ टर्चर दिन्छन, गाली गर्छन म स्कुल जान्न भन्ने गरेकी थिइन । उनले फेसबुकमा अाफ्नो बहिनी मामाघर गएको र उ भेटिएको भनेर सामजिक सञ्जालमा भएको चर्चा गलत भएको पनि बताए ।
परिवारले निक्कीलार्इ देखेमा नजिकको प्रहरी चाैकी वा मोबाइल नम्बर 9813847711 / 9802075598 सम्पर्क गरेर जानकारी दिन अाग्रह गरेको छ । यता गाैशला प्रहरीलार्इ दैनिकीले सम्पर्क गर्दा बालिका खोजतलासमा सम्पर्क गर्न अाग्रह गरेको छ । त्यसपछि खोजतलामा कविता रार्इसँग कुरा गर्दा उनले अाफू भिभिअाइपीको सवारीमा रहेकाले दिउँसो १ बजेपछि जानकारी दिने बताइन ।
प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ०८:०३