‘हिँड्दा–हिँड्दै’को सुटिङ सकियो
२७ असार, काठमाडौं । प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ । चलचित्रमा सुशील पंगेनीको लेखन र निर्माण रहेको छ । मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बाल कलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ्ग र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव सहनिर्माता रहेको चलचित्र लिलामान तण्डुकारले खिचेका हुन् । चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र देव महर्जनको द्धन्द्ध निर्देशन छ ।


प्रकाशित मिति : 14:34









