३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

नागरिकता विधेयकमा भीम रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले दिए बिरोधको सूचना

२८ असार, काठमाडाैँ । नागरिकता विधेयकमा नेकपा (एमाले) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तीन सांसदले विरोधको सूचना दर्ता गरेका छन् । एमालेका डा भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेमकिपाका प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका हुन् ।

पूर्व गृहमन्त्री समेत रहिसकेका रावलले राज्य व्यवस्था समितिकै अवहेलना हुनेगरी विधेयक आएको बताएका छन । उनले त्यती लामो समय छलफल गरेर प्रतिवेदन पेश गरेको अवस्थामा पुनः नयाँ विधेयक ल्याउनु गलत भएको बताएका छन । त्यस्तै तामाङ र सुवालको सूचनामा पनि फरक फरक तर्क गरिएको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलवार १२:४०