३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

पत्रकारलाई गाली गर्न छाडेर एमाले अध्यक्ष ओली सम्पादकहरूसँग अन्तरक्रियामा (भिडियो)

२७ असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो केही वर्षयता पत्रकारप्रति बढी नै आक्रामक रहेका थिए । प्रायः भाषण र एमालेका विज्ञप्ति र दस्तावेजहरूमा पनि सञ्चार माध्यम र सञ्चारकर्मीमाथि आक्रामक रूपमा प्रस्तुत भएको पाइन्थ्यो ।

पछिल्लो केही वर्षयता एमाले र तीनका नेताहरूको पत्रकार र सञ्चारमाध्यमप्रति एकोहोरो गुनासोमात्र सुनिदै आएको थियो । एमालेको पछिल्लो सचिवालय बैठकले अब सञ्चार माध्यमसँग पनि समन्वय गरेर अघि बढ्ने निर्णय गरेपछि सोमबार ललितपुरमा सम्पादकहरूसँग अन्तरक्रिया गरेर ओलीले पत्रकारका कुरा सुनिरहेका छन ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार १६:१८