३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

खानेपानी मन्त्रीकाे नक्कली हस्ताक्षर गर्ने दोलखाका पत्रकार सञ्जिव दाहाल पक्राउ

१५ भदाै, काठमाडाैँ । मन्त्रीको नक्कली हस्ताक्षर गरेर मन्त्रीको नाममा नेपाल टेलिकमको सिम निकाल्न खोज्ने एक जना पत्रकार पक्राउ परेका छन । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरको नक्कली हस्ताक्षर गरेकाे अाराेपमा दोलाखा घर भएका पत्रकार पक्राउ परेका हुन । प्रहरीका अनुसार उनी नेकपा निकटकै पत्रकार रहेको बुझिएको छ ।

उनले मन्त्री मगरकाे अाँफै हस्ताक्षर गरेर र नागरिकताकाे प्रतिलिपी देखाएर नेपाल टेलिकमको सिम निकाल्न खाेजेका थिए । दाहाललाई महानगरीय प्रहरी वृत दरबारमार्गले सीमा निकाल्ने क्रममा पक्राउ गरेको हो । वृत्तका प्रमुख दानबहादुर मल्लले मन्त्री मगरको ब्यक्तिगत विवरणको प्रयोग गरी अनाधिकृत रूपमा सिम निकाल्दै गर्दा नियन्त्रणमा लिएको र कारबाहीको प्रक्रिया अघि बढाएको बताएका छन ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार २१:२३