सरकारी वकिल बहसका लागि तयार नभएपछि आईजिपी नियुक्तिविरूद्धको मुद्दा सुनुवाइ सर्यो
२७ असार, काठमाडाैँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तगर्ने सरकारको निर्णय बिरुद्ध अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दर्ता गरेको रिट निवेदनको अन्तिम सुनुवाइ आज हुने भनिएपछि सरकारी पक्षका वकिलहरू बहसका लागि तयार नहुँदा सुनुवाइ सरेको छ ।
अब अर्को सुनुवाइ शुक्रबार हुनेछ । यसअघि २६ असारका लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण बस्न नसकेपछि आज सुनुवाइ हुन सूचीमा थियो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको निरन्तर सुनवाइ भइरहेको हो ।
यसअघि १९ असारमा सरकारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका थिए ।
प्रकाशित मिति : २७ असार २०७९, सोमबार १४:०६