१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

आईजिपी नियुक्ति गर्ने सरकारको निर्णयबिरुद्धको रिटमा आज अन्तिम सुनुवाइ

२७ असार, काठमाडाैँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजिपी) नियुक्तगर्ने सरकारको निर्णय बिरुद्ध अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दर्ता गरेको रिट निवेदनको अन्तिम सुनुवाइ आज हुँदैछ । यसअघि २६ असारका लागि तोकिएको इजलास सार्वजनिक बिदाका कारण बस्न नसकेपछि आज सुनुवाइ हुन लागेको हो ।

आजको सुनुवाइमा पनि सरकारका तर्फबाट जवाफी बहसले निरन्तरता पाउने छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको निरन्तर सुनवाइ भइरहेको हो ।

यसअघि १९ असारमा सरकारका तर्फबाट वरिष्ठ अधिवक्ताहरु भीमार्जुन आचार्य, सुशील पन्त, टीकाराम भट्टराईसहित रामनारायण बिडारी, तुलसी भट्ट, दिपेन्द्र झाले आईजीपी सिंहलाई गरिएको बढुवाको पक्षमा बहस गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार ११:४२