१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

प्रवासी नेपाली मञ्च इजरायलको अध्यक्षमा ज्योति शर्मा

२७ असार, इजरायल । प्रवासी नेपाली मञ्च इजरायलको दोस्रो अधिवेशनबाट अध्यक्षमा ज्योति शर्मा चयन भएकी छिन । इजरायलको तेलभिबको इबा होटलमा भएको बन्दसत्रले उपाध्यक्षमा गीतासुवेदी, सचिव मिना चुडाल, उपसचिवमा पायल कटुवाल, उपसचिव शिवराज खड्का चयन भएका छन ।

त्यस्तै अधिवेशनबाट आर्थिक विभाग प्रमुखमा पार्बती केसी, महिला विभाग प्रमुखमा ठुली चन्द्राकला कोयीराई, यूवा संयोजकमा धीरंद्र कुमार (समिर) प्रधान, सांस्कृतिक विभाग प्रमुखमा नवराज वली, प्रचार तथा प्रकासन विभाग प्रमुखमा रमेश जोशी, चयन भएका छन ।

त्यस्तै सदस्यहरूमा अना तिमल्सिना, नरेन्द्र लामिछाने, जानु जि. सि, गोबिन्द राजथला, रश्मि राई, ईन्दिरा के.सी, गोमा उप्रेती, सिता कोइराला, इबा कार्की, कबिता श्रेष्ठ, जानुका चापागाई, पवित्रा भण्डारी चयन भएको उपसचिव शिवराज खड्काले दैनिकीलाई जानकारी दिए ।

उक्त अधिवेशनको भर्चुवल माध्यमबाट भएको उद्घाटनमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा. राजन भट्टराई, पोलिटब्यूरो सदस्य महेश बस्नेत, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष  भक्त गुरुङ र सचिव रमेश पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार ०८:१९