२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

नियुक्तिका लागि योग्यता ढाँटेको भन्दै उच्च अदालतकी न्यायाधीश साह बर्खास्त

२४ असार, काठमाडाैं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई न्याय परिषद्ले योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको छ ।

शुक्रबार बसेकाे न्याय परिषद्को बैठकले २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधी १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय गरेको हाे ।

उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो । उनको योग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको हो । उनि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अध्यक्षतामा बसेको न्यायपरिषद्‌को बैठकले साहलाई गरेको नियुक्तिको निर्णय कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले उल्ट्याएका हुन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १८:४६