२२ आश्विन २०८१, मंगलवार | Wed Oct 9 2024

बुढिगंगा मतगणना अपडेट : ८०० मत गनेर सकियाे, एमालेको अग्रता कायमै

२४ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। हालसम्म ८०० मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ।

निर्वाचन कार्यालयका अनुसार अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ। ८०० मतको गणना सकिएकोमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ। यसैगरी कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ। यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ।

मेयर पदका लागि एमालेबाट रामबहादुर बानियाँ र नेपाली कांग्रेसबाट रंगबहादुर खाती उम्मेदवार छन्। यस्तै, उपमेयरमा  एमालेबाट मायाकुमारी खड्का कुँवर र कांग्रेसबाट रिता शाही शाह उम्मेदवार छन्।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १८:२४