१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनायो

२४ असार, काठमाडाैं । नेपाल एसबिआई बैंक लिमिटेडले बिहीबार २९ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रममा बैंकले भर्चुअल माध्यमबाट सपथ ग्रहण समारोहको आयोजना गरेको थियो। एनएसबीएलका सबै कर्मचारीहरूले बैंकको विकासको लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । उनले बैंकको दीगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए।

त्यसैगरी बैंकका डेपुटी सीईओ तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँदै यसरी नै निरन्तरता दिन आग्रह गरे। प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तले सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

साथै, बैंकले भर्चुअल साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरेको थियो। जसमा सबै शाखा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । आफ्नो प्रतिभा प्रदर्शन गरिएको थियो । बैंकले ९१ शाखा, २१ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, ९ शाखारहित बैंकिङ सेवा, १२९ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १४:३८