११ पुष २०८२, शुक्रबार | Sat Dec 27 2025

नुवाकोट बेलकोटगढीकी उपमेयर कविता ढुंगाना नगरपालिका संघको उपाध्यक्षमा निर्वाचित

–सुप्रिया मुडभरी

१५ भदाै, काठमाडाैँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपमेयर कविता ढुंगाना नेपाल नगरपालिका संघको छैठौँ राष्ट्रिय अधिवेशनबाट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन । बिहीबार सम्पन्न अधिवेशनबाट ढुंगाना उपाध्यक्षमा निर्वाचित भएकी हुन । उनी नेकपाकी नेतृ हुन । अधिवशेनले धुलिखेल नगरपलिका मेयर अशोककुमार व्याञ्जुकाे अध्यक्षतामा ३९ सदस्यीय केन्द्रीय समिति निर्विरोध चयन गरेको छ ।

अधिवशेनले महासचिमा निलकण्ठ नगरपालिका मेयर भिम प्रसाद ढुंगाना  चयन भएका छन । निर्वाचन समितिका अनुसार उपमहासचिवमा जनकपुरधाम उप महानगरपालिका लाल किशोर साह, कोषाध्यक्षमा घोराही नगरपालिकाका घनश्याम पाण्ड, सह कोषाध्यक्षमा काठमाडाैँ महानगरपालिकाकी श्री हरिप्रभा खड्गी चयन भएकी छिन ।

त्यस्तै सदस्यहरूमा गिता कुमारी पौडेल, सिमा कुमारी क्षेत्री, अन्जु दहित, मन्जु भण्डारी (सुवेदी), ज्ञानेन्द्र सुवेदी, कल्पना राई, वेद नारायण गच्छेदार निर्वाचित भएका छन  । शिव प्रसाद ढकाल, रमेश कुमार यादव, योगेन्द्र पजियार, रगिला कुमारी जैशवाल, कृष्ण प्रसाद पौडेल, रिता कुमारी साह, खड्ग वहादुर खत्री, अमान सिंह तामाङ, उद्धव प्रसाद खरेल, महेश खरेल निर्वाचित भएका छन ।

यस्तै पदम पाणी शर्मा, जनक राज पौडेल, रमेश कुमार पाण्डे, पूर्ण के.सी. ,रम्भा कुँवर, सञ्जु कुमारी चौधरी, अशोक कुमार शाही, सूर्य बहादुर शाही, गोर्ख बहादुर के.सी., दन्ता नेपाली, देव कुमार सुवेदी, डा. धवल शम्शेर ज.व.रा., अजय कुमार गुप्ता, नृप बहादुर वड, अशोक कुमार चन्द, मञ्जु मलासी निर्विरोध निर्वाचित भएका छन ।

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ११:४२