गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन
१५ भदाै, काठमाडाैँ । गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । गएराति आफ्नै निवास बानेश्वर हाइटमा रिमालको निधन भएको नाट्यकर्मी अशेष मल्लले बताएका छन । रिमाल लामो समयदेखि अस्वस्थ थिए ।
रिमालका ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत अत्यन्तै चर्चित रहेका छन् । कतिपयले रिमाललाई रेडियो नेपालको पहिलो गायक भन्ने गरेका भए पनि यसको रेकर्ड अरुकै नाममा रहेको छ । गोपालप्रसाद रिमालका भाइसमेत हुन ।
रिमालले फिल्म ‘आमा’ सँगै नाटकहरु सन्तान, मुकुन्द इन्दिरालगायतमा अभिनय गरेका थिए । उनको पार्थिव शरीरलाई अहिले बिहान १० बजेसम्म निवासमा राखिने र त्यसपछि अाजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारले जनाएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार ०९:२०