१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

श्रममन्त्री कुँवर र युएइका राजदुत नक्विबीच भेटवार्ता


२२ असार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदुत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदुत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुग्नु भएको थियो ।

उहाँहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि कुराकानी भयो । राजदुत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराउनु भएको थियो ।

साथै उहाँले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गर्नु भएको छ ।

भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी गराउनु भएको छ । युएइका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताउनु भयो । युएईका राजदुत नक्विनले आफुलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्रीलाई धन्यवाद दिनु भएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १६:४१