१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सिद्धाराकाे गाँउमा पहलाे पटक बिजुली पुगेपछि…


२२ असार, अर्घाखाँची । शितगंगा नगरपालिका-९ का विभिन्न गाउँमा पहिलाे पटक बिजुली पुगेकाे छ । साबिककाे सिद्धारा गाबिसकाे पाँकुरी, देउराली, ठाडाखाेला र सिस्नेगाँउमा मंगलबार बिजुली पुगेकाे हाे । गाउँ पुगेकाे बिजुली बत्तीकाे स्विच अन गरेर पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझी, प्रदेश सरकारका सांसद रामजी घिमिरे, वडा अध्यक्ष भम केसीले गरे ।

विश्व बैंककाे सहयाेगमा सञ्चालन भइरहेकाे बिजुली विस्तारअन्तर्गत शितगंगाकाे बिकट गाउँमा बिजुली पुगेकाे हाे । गाउँमा पहिलाे पटक बिजुली बत्ती बलेपछि स्थानीयले नाच गान र गरेका थिए । पहिलाे चर०ामा यहाँका एक सय ६० घरमा बिजुली पुगेकाे हाे ।

कार्यक्रममा माले प्रदेश कमिटी सदस्य प्रेमनारायण गैरेले जनताले विकासप्रेमी जनप्रतिनिधि छनाेट गर्न सके विकास निर्माणाले गति लिने बताए । प्रदेशसभा सदस्य रामजी घिमिरेले शितगंगा नगरपालपकाकाे बिकट भनेर चिनिने सिद्धाराकाे बिकासमा प्रदेस सरकारबाट आवश्यक बजेट ब्यवस्थापन भइरहेकाे बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १३:००