३ मंसिर २०८१, सोमबार | Tue Nov 19 2024

वेपत्ताको नाममा परिवारले १० लाख बुझेपछि नुवाकोटका भट्टसहित १२ जना घर फर्किए

१४ भदाै, काठमाडाैँ । बेपत्ताको नाममा परिवारले १० लाख राहत बुझिसकेपछि वेपत्ता भनिएका १२ जना घर पुगेका छन । वेपत्त पारिएका व्यक्तिहरुको छानबिन आयोगले द्वन्द्वमा बेपत्ता भएका १२ व्यक्ति घर फर्किएकाे जनाएको जानकारी दिएको छ । आयोगले विस्तृत अध्ययनका लागि उजुरी छानबिनका क्रममा १२ जना घर फर्किएको पाइएको अायोगले जनाएको छ ।

घर फर्किनेहरूमा नुवाकोटका लछुमनप्रसाद भट्ट, कञ्चनपुरका कृष्णप्रसाद दुलाल, महोत्तरीका गङ्गा मण्डल, वर्दियाका धनबहादुर खड्का, चितवनका गङ्गाधर तिमिल्सिना र ओखलढुङ्गाका गोपी भट्टराई, इलामका कुमार विश्वकर्मा, कञ्चनपुरका धनबहादुर दाहाल, झापाका सोमनाथ खनाल, नुवाकोटका सन्तकुमारी तामाङ, धनुषाका हरिदेव कुसियैत र कञ्चनपुरका देवेन्द्रसिंह कुँवर घर फर्किएका छन ।

आयोगका प्रवक्ता प्रा डा विष्णु पाठकले द्वन्द्वकालमा बेपत्ता भएका व्यक्तिको विस्तृत अध्ययनका लागि फारम भर्ने क्रममा १२ जना व्यक्ति घर फर्केको भेटिएको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार २०:४४