१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्‍नबारे प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

२१ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री जर्नादन शर्माबारे प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नप्रसाद सापकोटासँग छलफल गर्ने भएका छन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालयमा लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ । मन्त्रालयले सीसीटीभी फुटेज हराएको भनेपछि अर्थमन्त्रीले राजनीनामा दिनुपर्ने भन्दै दबाब बढेकाे छ ।

साेमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गरेका थिए ।प्रमुख प्रतिपक्षी दलका नेताले नै संसदको ध्यानाकर्षण गराएको र सरकारमा चरम दबाब बढेपछि निकासका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न लागेका हुन् ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलवार १५:४०