करोडौं रुपैयाँ अपचलन गर्ने सहकारीका प्रबन्धकसहित ९ विरूद्ध ठगी मुद्दा
१४ भदौ, विराटनगर । विराटनगरस्थित बचत तथा ऋण सहकारी संस्थाका सहकारीका प्रबन्धकसहित ९ जना करोडौं रुपैयाँ अपचलन गरेकोमा ठगी मुद्दामा परेका छन् । सर्वसाधारणले बचत गरेको रकम अपचलन गरेकोले उनिहरू विरूद्ध मुद्दा दर्ता भएकाे हाे ।
सहकारीका प्रमुख विराटनगरका ६८ वर्षका इन्द्रलाल श्रेष्ठ, प्रबन्धक तथा सचिव विराटनगरका ३४ वर्षका ईश्वर श्रेष्ठ र उपाध्यक्ष विराटनगर ३ का ४० वर्षका विष्णुप्रसाद सुवेदीसहित ९ जनाविरुद्ध बिहीबार जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएको छ । ठगी आरोपमा अनुसन्धान गर्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य ६ जना फरार रहेका छन् ।
लामो समयदेखि विराटनगर-९ बाटारोडमा सञ्चालनमा रहेको सहकारीले २ सय ६८ जना बचतकर्ताको जाहेरीमा ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैयाँ बिगो माग दाबी गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए ।
प्रकाशित मिति : १४ भाद्र २०७५, बिहीबार १६:४६