१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

एनआईसी एशिया बैंकद्वारा मोबाइल बैंकिङ्ग एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

१९ असार, काठमाडाैं । एनआईसी एशिया बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको सुरुवात गरेको छ । बैंकले यस ओम्नी च्यानल मार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकहरूलाई लक्षित गर्दै यो नयाँ सेवाको सुरूवात गरेको हो ।

हालका एनआईसी एशिया मोबाइल बैंक प्रयोगकर्ताहरूले वर्तमान एनआईसी मोबाइल बैंकिङ एपलाई अपडेट गरी ओम्नी च्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकहरूले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न पाउनेछन् ।

स्तरोन्नति पश्चात् यस एपबाट ग्राहकहरूले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिने देखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा लिन लगातका धेरै भन्दा धेरै बैंकिङ्ग सेवाहरू ओम्नी च्यानल मार्फत डिजिटल प्राप्त गर्न सक्नेछन् ।

साथै, यस बैंकमा खाता नहुनेहरूले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटको रुपमा प्रयोग गर्न सकिनेछ । जसबाट समेत क्यूआर भुक्तानी, युटिलिटी बील भुक्तानी लगायत अनेकौं सेवा लिन पाइनेछ । ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ । बैंककाे मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्ग रहेकाे छ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार १९:२३