४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

माओवादी केन्द्रिय समिति बैठक आजवाट, वर्षामान पुन होलान त महासचिव ?

१९ असार, काठमाडाैँ । नेकपा माओवादी केन्द्रिय समितिको बैठक आजवाट सुरु हुदैँछ । प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेवाट सुरु हुने बैठकले स्थानिय तहको निर्वाचनको समिक्षा देखी संघीय निर्वाचनको तयारी लगायतका बिषयमा छलफल गर्नेछ ।

गत पुसमा महाधिवेसन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजवाट सुरु हुने केन्द्रिय समिति बैठकमा सो बिषय पनि अजेन्डाको रुपमा प्रस्तुत हुने केन्द्रिय सदस्य रञ्जित तामाङले जानकारी दिए ।

माओवादीमा महासचिव पद पेचिलो बनेको छ । महासचिवमा वर्षामान पुन र जनार्दन शर्माको प्रतिस्पर्धा रहेको छ ।

प्रकाशित मिति : १९ असार २०७९, आईतवार ०८:५८