नेकपा (एमाले)को भोलि बस्ने सचिवालय बैठकको एजेण्डा तय
१८ असार, काठमाडाैँ । नेकपा (एमाले) को भोलि बस्ने केन्द्रीय सचिवालय बैठकको एजेण्डा तय भएको छ । शनिबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय गरेको हो ।
सचिवालय बैठक आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ । एमालेमा पार्टीको केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिवको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ ।
शनिबारको बैठकमा महासचिव पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र कार्यालय सचिव डा. भीष्म अधिकारी उपस्थित रहेका थिए ।
प्रकाशित मिति : १८ असार २०७९, शनिबार १९:३५












