१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

एडिलेडमा कृष्ण जन्माष्टमी मनाईदै

१७ असार, एडिलेड । नेपाली भजन कीर्तन समुह एडिलेडको आयोजनामा अगष्ट १९ शुक्रवार कृष्ण जन्माष्टमीको उपलक्ष्यमा भजन कीर्तन सहितको पुजा आराधना कार्यक्रम हुने भएको छ ।

समुहका अध्यक्ष गणेश पराजुलीका अनुसार स्थानिय एक्टिभ एल्डर एसोसिएशनको हल एस्कट पार्कमा कार्यक्रम आयोजना हुने भएको छ । उनका अनुसार दिनको १२ बजेबाट पुजा शुरु हुने छ भने साझ भजन किर्तन हुनेछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । र सोहि तिथिलाई श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेल सहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

समुहका सचिव आर के शर्माले एडिलेडमा २०१८बाट श्रीकृष्ण जन्माष्टमी र शिवरात्रिमा भजन कीर्तन सहित पुजा कार्यक्रम गर्दै आएको समुहले कोरोना महामारीले गत बर्ष कार्यक्रम गर्न असमर्थ रहे पनि यस बर्ष गत हप्ता बसेको समुहको बैठकले आनन्द वखरेल संयोजक र मुरारी संभब सुवेदी सह संयोजक रहेर कार्यक्रम व्यवस्थापन समिति गठन गरेको बताए ।

कार्यक्रम संयोजक वखरेलले लामो लक डाउन लगायतका विभिन्न खाले रेस्टिक्सन पछि खुल्ला ढंगबाट कार्यक्रम हुन लागेकाले भक्तजनको उल्लेखनीय सहभागी हुने अपेक्षा गरिएको र त्यहि अनुसारको तयारी थालिएको बताए ।

२०१८ मा भएको जन्माष्टमी उत्सव (फाइल तस्विर) ।
२०१८ मा भएको जन्माष्टमी उत्सव (फाइल तस्विर) ।

 

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १९:१९