१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

एनआइसी एशिया बैंकको सर्वश्रेष्ठ १० गुणा मुद्धती खाता सावर्जनिक

१६ असार, काठमाडाैं । एनआईसी एशिया बैंकले यही असार १२ गतेदेखि ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ।

निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहक लक्षित गरि ल्याइएको बैंकले जनाएको छ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन्। निक्षेपकर्ताहरुले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नेछन्।

यसअघि बैंकको ५ वर्षसम्म कुल रु। ८४ लाख सम्मको बीमा सुनिश्चित गर्ने सर्वाधिक उच्च ब्याजदर, तीन बीमा, तीन कर्जा र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ०९:५२