१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

सानिमा जनरल इन्स्योरेन्सको आज विशेष साधारणसभा


१५ असार, काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बुधबार विशेष साधारणसभा बस्दै छ । गत जेठ २९ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार बुधबार विशेषसभा गर्न लागेको हो ।

बिमा कम्पनीहरुमा पुँजी वृद्धिको चटारो चलिरहँदा सानिमा जनरलले पनि मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गर्दै विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनीले मर्जर तथा प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको छ । सभाले आगामी दिनमा मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत गर्नेछ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ११:२०