१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

लन्डनबाट एक महिनादेखि हराएका नेपाली युवा रिदम पोखरेल किन भेटिएनन् ?

१४ असार, काठमाडाैँ । लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको एक महिना पुगेको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ ।

स्थानीय प्रहरीले सर्वसाधारणलाई उहाँको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ । रिदम पछिल्लो पटक बेलायतको डोबर भन्ने ठाउँमा देखिएका थिए ।

त्यसैकारण डोबर हेर्ने केन्ट प्रहरी शाखाले पनि छुट्टै सूचना जारी गरी खोजीमा सघाउन भनेको छ । रिदमका बारेमा कुनै जानकारी भए रिफरेन्स १०४÷ २१ जुलाई उल्लेख गरी १०१ मा प्रहरीलाई खबर गर्न भनिएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार ०८:२१