निर्मला हत्या प्रकरणः निलम्बित एसपी विष्टले निर्दोष किशोरीलार्इ किन दिए धम्की ?
१३ भदाै, काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गर्ने र हत्या गर्नेलाई लुकाउन निलम्बित एसपी डिल्लीराज विष्टले केसम्म गरेका रहेछन भन्ने कुरा विस्तारै खुलासा हुनेक्रममा रहेको छ । विष्टले निर्मलाको हत्यारा लुकाउनका निम्त निर्दोष किशोरीलार्इ समातेर चरम यातना दिएको र त्यसमा निलम्बित एसपी विष्टकै संलग्ना खुलासा भएको छ ।
कञ्चनपुरकै किशोरी हेमन्ती भट्टलार्इ प्रहरीले चरम यातना दिएको हो । प्रहरीले अाफ्नो कमजोरी लुकाउनका निम्ति चरम यताना दिएको र एसपी विष्टले ज्यान लिने धम्की समेत दिएको किशोरीले बताएकी छिन । उनले विष्टकै प्रत्यक्ष संलग्नतामा चरम यातना दिइको र त्यसको असर अहिले अाफ्नो सार्वजनिक जीवनामा समेत परेको बताएका छन ।
उनले भनेकी छिन, ‘मलाई क्याम्पसबाट सहपाठी र शिक्षकहरूकै अगाडि घिच्याएर लगियो । टाउको तल खुट्टा माथि बनाएर यातना दिइयो । तर, जब म क्याम्पस फर्कें, सहपाठी कोही पनि मसँग बोलेनन् । हिरासतमा भन्दा कक्षाकोठामा बढी पीडा भयो ।’ प्रहरीका कारण पीडित बनेकी हेमन्तीलार्इ अहिले कक्षाकोठामा समेत सहपाठी र शिक्षकको कारण गाह्रो भएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १३:५२