१४ असार २०८१, शुक्रबार | Fri Jun 28 2024

कैलालीमा एक कर्मचारीलाई बाँधेर सामान र कार लुटियो


१३ असार, कैलाली । कैलालीमा एक कर्मचारीलाई बाँधेर समान र कार लुटिएको छ । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई बाँधेर कुटपिट गर्दै उनको साथमा भएको सामान र उनले प्रयोग गरेको प्रदेश ०१-२३-च ६०२१ नम्बरको कार लुटिएको हो ।

उनी कैलालीको गोदावरी नगरपालिका-५ स्थित बुढीतोलामा बाँधिएको अवस्थामा भेटिएका छन । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका भण्डारी आईतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए । तर बीचमै लुटपाटमा परेका छन । 

शरिरमा चोटपटक लागेका भण्डारीको अहिले अत्तरियाको पद्मा अस्पतालमा उपचार भैरहेको छ । भण्डारीले प्रहरीलाई बताएअनुसार तीनजना भारतीय मूलका नागरिकले कुटेर प्लास्टिकले हातखुट्टा र मुख बाँधेर सडकदेखि करिब एक सय मिटर तल भिरमा छोडिदिएको र उनको सामान र गाडी लिएर भागेका छन ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार १४:५८