आफ्नो पार्टीलाई अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा छाैँः माधव नेपाल
१२ असार, काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीभित्र व्यक्तिको मुल्याङ्कनमा वेवास्ता भएपछि बिद्रोह गर्नुपरेको बताएका छन् ।
आइतबार काठमाडौंमा अखिल नेपाल महिला संघको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओलीको व्यक्तिबादी प्रवृतिबिरुद्ध विद्रोह गर्न निकै गारो भएको समेत बताए । विद्रोह गर्ने बेलामा आफ्नो पक्षमा केहि अनुकूलता सिर्जना भएकाले सफल भएको उनले बताए ।
एमाले र माओवादी मिल्दा पार्टीमा वैचारिक मतभेद नभएपनि त्यसपछि भने ओली दक्षिणवादी भाँसमा भासिन थालेको उनले स्मरण गरे । अध्यक्ष नेपालले अहिले नयाँ पार्टी गठन गरेपछि छोटो समयमा नै लोकप्रिय भएको दावी गरे । स्थानीय निर्वाचनमा मतपत्रमा कमजोरी हुँदा अधिकांश स्थानमा पार्टीले हार व्यहोर्नुपरेको उनको भनाई छ ।
आफ्नो पार्टीलाई अबमूल्यन र अपमान गरेपनि गठबन्धनलाई निरन्तरता दिने पक्षमा आफुहरु रहेको भन्दै अध्यक्ष नेपालले केही समस्या भए छलफल गरेर अघि बढ्ने बताए । उनले अहिलेको उपलव्धीलाई सानो ठान्न नहुने बताए । त्यस्तै अध्यक्ष नेपालले स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै गर्नुपरेको जिकिर गरे ।
प्रकाशित मिति : १२ असार २०७९, आईतवार १४:३४












