३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

अत्याधुनिक हतियारसहित १५० बढी भारतीय कमाण्डो काठमाडाैँमा

१३ भदाै, काठमाडाैँ । भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फोर्स गुपचुप रुपमा काठमाडौं आएका छन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हतियार सहितको कमान्डो फाेर्स काठमाडौं आएको हो ।

बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अधिकृतकै कमान्डमा फोर्स आएको विशेष स्रोतले जानकारी दिएको अाजको कारोबारले उल्लेख गरेको छ ।

फाइल फोटो ।

सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवगमन स्थल वरपर तैनाथ भएको बुझिएको छ । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराजलगायत भारतीय प्रतिनिधीमण्डलको टोलि विशेष विमानबाट भोलि काठमाडाैँ अाउँदैछ ।

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०८:४०