३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

यही दशैँमा मेलम्चीको पानी पिउने काठमाडाैँबासीको चाहना पूरा नहुने

१३ भदाै, काठमाडाैँ । यसपालिको दशैंमा मेलम्चीको पानी पिउने काठमाडौँबासीको सपना अहिले पनि हावाले उडाएर लाने भएको छ । खानेपानी मन्त्रीदेखि सरोकारवाला सचिवसम्मले दशैँमै पानी आउँछ भनेर पटक पटक भनिरहे पनि अझै थुप्रै काम बाँकी रहेकाले यो चाहना पूरा नहुने मजदूरहरूले बताएको सुरेश तामाङले नेपाल समाचारपत्रमा लेखेका छन ।

सुरुङ गत चैतमै छिचोलिए पनि त्यहाँ फिनिसिङको काम बाँकी नै छ । सुरुङमा अहिले ढलानको काम भैरहेको छ । २७ किम सुरुङमध्ये अहिलेसम्म १० किमि मात्रै ढलान भएको छ । अहिले दैनिक ५०/६० मिटरको दरले सुरुङ ढलान भइरहेको छ ।

यही गतिमा सुरुङ ढलान हुँदा पनि सबै काम सकिन अझै साँढे पाँच महिना लाग्ने प्राविधिकहरूको भनाइ छ । एकजना प्राविधिक भन्छन्–‘यो दशैंमै मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन अहिलेको कामको गतिलाई दोब्बर बढाउनुपर्छ । त्यस्तै दैनिक २ सय ८५ मिटरको दरले सुरुङमा ढलान हुनुपर्दछ ।’

अहिले सुन्दरीजल, अम्बाथान, सिन्धु र ग्याल्थुम खण्डमा २÷२ खण्ड गरी काम भएको र अम्बाथान र सिन्धुमा १÷१ खण्डबाट सुरु गरिएको ढलानको काम सम्पन्न हुन लागेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो ।

यस्तै मेलम्चीको पानी सुन्दरीजलमा खसालेलगत्तै पानी खुवाउन सकिँदैन । मुख्य शहरी क्षेत्र बाहेकमा पानी खुवाउन ६ महिना लाग्ने निर्देशनालयले नै जनाएको छ । पानी प्रशोधन केन्द्रदेखि पानी पोखरी र पाइपलाइनको पुरै प्रणाली जाँच गर्न ६ महिनासम्म लाग्ने निर्देशनालयकै दाबी छ ।

निर्देशनालयअन्तर्गत भैरहेको थोक वितरण र वितरण संजालको पाइपलाइन बिछ्याउने काम अझै सकिएको छैन । १ हजार वितरण संजालमध्ये हालसम्म ७ सय ३० किमि मात्रै बिछ्याइएको छ । १० स्थानमा पानी बाँडेर पानीपोखरी बन्नुपर्नेमा भक्तपुरको कटुन्जेमा भर्खर जग हालिएको छ ।

यसैबीच राजधानीबासीको धारामा शनिबारदेखि दैनिक २ घण्टा (हप्ताको पाँच दिन) बाग्मतीको पानी दिन थालिए पनि त्यसले निरन्तरता नपाउने भएको छ । बाग्मतीको ३ करोड लिटर खानेपानी सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट महाँकालको पानीपोखरी हुँदै उपत्यकाका केही मुख्य शहरी क्षेत्रमा पु¥याइएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लैनचौर, असन, न्युरोड, कमलादी, कपन, बौद्ध, जोरपाटी, चावाहिल, हाँडीगाउँ, ज्ञानेश्वर, नक्साल, बानेश्वर, अनामनगर, पुतलीसडक, डिल्लीबजार, बागबजार, माइतीघर, त्रिपुरेश्वर, नयाँ सडकसम्म उक्त पानी बाँडिएको छ ।

यसबाट ८ लाख ४० हजार नागरिक प्रत्यक्ष लाभान्वित भैरहेको निर्देशनालयको दाबी छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) बाट जडान भएका दुई लाख १६ हजार धारामध्ये करिव ७० हजार धारामा थप पानी आपुर्ति भैरहेको छ । यो पानी केयुकेएलको पुरानै वितरण प्रणालीबाट बाँडिएको हो

प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०८:२१