निर्मला हत्या प्रकरणः हत्यारा लुकाउन निर्दोष किशोरीलार्इ प्रहरीले चरम यातना दिएको खुलासा
१३ भदाै, काठमाडाैँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गर्ने र हत्या गर्नेलाई लुकाउन निलम्बित एसपी डिल्लीराज विष्टले केसम्म गरेका रहेछन भन्ने कुरा विस्तारै सार्वजनिक हुँदै अाइरहेका छन ।
प्रहरीले निर्मलाको हत्यारा लुकाउनका निम्त निर्दोष किशोरीलार्इ समातेर चरम यातना दिएको खुलासा भएको छ । कञ्चनपुरकै किशोरी हेमन्तीलार्इ प्रहरीले चरम यातना दिएको हो । प्रहरीले अाफ्नो कमजोरी लुकाउनका निम्ति किशोरी हेमन्तीलाई चरम यताना दिएको हो ।
हेमन्तीले नयाँपत्रिकासँग भनेकी छिन ‘मलाई क्याम्पसबाट सहपाठी र शिक्षकहरूकै अगाडि घिच्याएर लगियो । टाउको तल खुट्टा माथि बनाएर यातना दिइयो । तर, जब म क्याम्पस फर्कें, सहपाठी कोही पनि मसँग बोलेनन् । हिरासतमा भन्दा कक्षाकोठामा बढी पीडा भयो ।’ प्रहरीका कारण पीडित बनेकी हेमन्तीलार्इ अहिले कक्षाकोठामा समेत सहपाठी र शिक्षकको कारण गाह्रो भएको छ ।
प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार ०७:५६