१ मंसिर २०८१, शनिबार | Sun Nov 17 2024

कोरियोग्राफर गणेश आचार्यमाथि यौन उत्पीडनको गम्भीर आरोप

१० असार, काठमाडाैँ । बलिउडका कोरियोग्राफर गणेश आचार्यलाई मुम्बईको एक मजिस्ट्रेट अदालतले यौन उत्पीडन मामलामा जमानत दिएको छ । प्रहरीका अनुसार गणेशविरुद्ध सन् २०२० मा एक महिलाले यौन उत्पीडनको प्राथमिक उजुरी दर्ता गराएकी थिइन् ।

उजुरीपछि प्रहरीले गणेशविरुद्ध चार्जशीट दर्ता गराएको थियो । उनीमाथि एक महिला डान्सरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । महिला कोरियोग्राफरले आफू गणेशको कार्यालयमा काम गर्दा अपशब्द बोल्ने र अश्लील भिडियोसमेत देखाउने गरेको आरोप लगाएकी थिइन् ।

आफूले यो विषयमा भारतीय फिल्म र टेलिभिजन कोरियोग्राफर एसोसिएसनलाई जानकारी गराए पनि एसोसिएसनले उल्टै आफ्नो सदस्यतासमेत खारेज गरिदिएको खुलाएकी थिइन् ।

महिलाका अनुसार एक मिटिङमा आफूमाथि गरेको व्यवहारको विरोध गर्दा आफूलाई गणेश र उनका साथीहरुले कुटपिट गरेका थिए । त्यसपछि उनी प्रहरीको पुगे पनि प्रहरीले उजुरी दर्ता गर्न मानेन् । त्यसपछि उनले वकिलको सहारा लिइन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ०८:०१