१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

विमस्टेक सम्मेलनका लागि भदाै १४ र १५ गते सरकारले नै विद्यालय बन्द गर्ने

१२ भदौ, काठमाडौँ । सरकारले विमस्टेक सम्मेलनका लागि यही भदाैको १४ र १५ गते काठमाडाैँ उपत्यकाका विद्यालयहरु बन्द गर्नेल भएको छ । । विमस्टेक सम्मेलनलार्इ लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको मन्त्रालय स्रोताले जनाएको छ । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १७:३६