२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

दुई करोड ३२ लाखको बैंकिङ कसूर गरी फरार प्रतिवादी पक्राउ

८ असार, भक्तपुर । बैकिंङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।

विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार १४:२७