२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

गाविस सचिवको हस्ताक्षर कीर्ते गर्ने एमाले नेतृ खातुनको सांसद पद चट

८ असार, विराटनगर । गाविस सचिवको हस्ताक्षर कीर्ते गर्ने नेकपा एमालेकी एक नेतृको सांसद पद चट (गुमेको) छ । जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालते नेकपा एमालेकी प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य (सांसद) गुलेफुन खातुनको पद गएको हो ।

मोरङको तत्कालीन कदमाहा गाविसबाट २०७१ चैत ४ गते लिएको सिफारिसकै चलानी नम्बर राखेर उनले मोहीबाट प्राप्त हुने जग्गा नामसारीका लागि गाविस सचिवको हस्ताक्षर कीर्ते गरेर अर्को सिफारिस बनाएकी थिइन । एउटै दर्ता नम्बरमा दुई वटा सिफारिस निकालेपछि उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दा परेको थियो ।

खातुनालाई सरकारी छाप र हस्ताक्षर कीर्तेको मुद्दामा जिल्ला अदालत मोरङले २०७४ बैशाख ३१ गते नै उक्त मुद्दामा फैसला गर्दै दोषी ठहर गरेको थियो । त्यसपछि  उच्च अदालत विराटनगरमा ०७४ माघ ३० गते मुद्दा पुनरावेदनको निवेदन गरेकी उनले त्यहाँ पनि जिल्लाकै आदेश सदर भएपछि सर्वोच्च पुगेकी थिइन । सर्वोच्चले उनको निवेदन खारेज गरिदिएपछि अब उनले कानुन अनुसार सजायँ भोग्नुपर्ने भएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार ११:२७