सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
८ असार, काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्जमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।बोनस शेयर बितरणका लागि मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीको ४.२० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५२ रूपैयाँ २१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ६७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव पारितका लागि चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।
प्रकाशित मिति : ८ असार २०७९, बुधबार ०७:५५