३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

पोखराकाे सडकहरूमा कालोपत्रे सम्पन्न

१२ भदौ,पोखरा । पोखरा महानगरपालिका–३३ बागमारास्थित पानीट्याङ्की–लुतेको चौतारा सडक रु १५ लाख ८८ हजार २६७ लागतमा कालोपत्रे गरिएको छ । कूल ३५० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सडक महानगरपालिका र जनसहभागिताबाट ५०÷५० प्रतिशत लागतमा सम्पन्न भएको हो ।

योजना सम्बन्धमा जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले सबैको सहयोगमा योजना सफल भएको बताउनुभयो । वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले वडामा सडक पूर्वाधारका साथै अन्य विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७५, मंगलवार १३:०१