२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एन्फा निर्वाचन: वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

७ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का निर्वाचित भएका छन् । सोमबार वुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न चुनावमा पंकजविक्रम नेम्वाङ प्यानलबाट उम्मेदवारी दिएका खड्काले ४४ मत ल्याए । कर्माछिरिङ शेर्पा प्यालनका उम्मेदवार शिक्षित पराजुलीले ४० मत ल्याए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलवार १०:२८