२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

देउवा सरकरको अर्को चमत्कार, सार्वजनिक सवारी साधनको भाडा ७.७ प्रतिशतले बृद्धि (सूचिसहित)

६ असार, काठमाडौं ।  परमादेशको शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को चमत्कार गरेको छ । पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको सरकारले २४ घण्टा नबित्दै यातायातको साधानमा पनि चर्को भाडा बृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थको भाडावृद्धि भएसँगै नेपाल सरकार भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय यतायात व्यवस्था विभागले भाडा समायोजन गरेको छ । यातायात व्यवसायीहरूसँग सरकारले गरेको सम्झौताअनुसार नै भाडा समायोजन भएको हो ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले वृद्धि भएमा वा घटेमा अन्तर प्रदेश सार्वजनिक यातायताका यात्रुवाहक तथा मालबाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रुपमा समायोजन गरेको यातायता व्यवस्था विभागले जनाएको हो ।

सरकारले हालै १६ प्रतिशत भन्दा बढी हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । विभागका अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सावरी सधानमा ९.९४ प्रतिशत, यात्रुवाहक सावरी सधानमा ५.३० प्रतिशत, तराइको बाटोमा सञ्चालन हुने मालबाहक सावरी सधानमा ७.७ प्रतिशत भडावृद्धि भएको हो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १४:१३