२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाले आयल निगमलाई बुझायाे पत्र

६ असार, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै नेपाल आयल निगमलाई पत्र बुझाएको छ ।

सोमबार राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गदै निगमलाई पत्र बुझाएको हो ।

राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगाएतका बिषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भिभिआपीलाई बर्षमा कति तेल उपलव्ध गराइन्छ र निगम कर्मचारीहरुको बोनस कति छ भन्ने पत्र बुझाइएको शाहीले बताए । आयल निगमले सोमबारदेखि लागु हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्याएपछि बिरोध सुरु भएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १३:१५