२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बुटवलको तिनाउ नदीमा शव फेला

६ असार, रुपन्देही ।  बुटवलको तिनाउ नदीमा आज एक शव फेला परेको छ । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रमुख केसीले बताउनुभयो ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार १२:०६