नेपाल बैंकको संचालकमा केदारनाथ शर्मा नियुक्त
५ असार, काठमाडाैँ । नेपाल बैंक लिमिटडेको संचालकमा केदारनाथ शर्मा नियुक्त भएका छन् । बैंकले एक सूचना प्रकाशित गर्दै संचालक नियुक्त गरेको जनाएको हो ।
बैंकको संचालक समितिमा नेपाल सरकार अर्थ मन्त्रलयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका रितेश कुमार शाक्यको स्थानमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई नियुक्त गरेको हो । उनलाई असार ३ गते संचालक समितिको पदको पद तथा गोपनियताको शपथ ग्रहण गरि सकेका छन् ।
प्रकाशित मिति : ५ असार २०७९, आईतवार १७:२७












