२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

करेन्ट लागेर एक मजदुरको मृत्यु

५ असार, सिरहा । सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका- ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगाे तारमा ठोकिंदा करेन्ट लागेर गोलबजार नगरपालिका- १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो।

करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ५ असार २०७९, आईतवार १२:४१