२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

नेपालमै पहिलो पटक पेटको सिटिस्क्यान सुविधा, पूर्वाञ्चल क्यान्सर अस्पतालमा भोलिबाट सेवा सुरू हुँदै

४ असार, झापा । अब नेपालमै पेटको सिटिस्क्यान सुविधा उपलब्ध भएको छ।  झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालले नेपालमै पहिलो पटक पेटको सिटिस्क्यान सुविधा सुरू गरेको हो । सेवाको भोलि अाइतबार दुबइका राजकुमार शेख मोहमद् माक्तुम जुमा ला माक्तुमले शुभरम्भ गर्न लागेको अस्पतालका सञ्चालक दुर्गा प्रसाईले दैनिकीलाई जानकारी दिए ।

यसअघि क्यान्सरका बिरामी पेटको सिटिस्क्यानका लागि भारत, थाइल्याण्ड र जापानका अस्पतालमा जाने गरेका थिए । यसअघि नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव यही सेवाका लागि जापान गएका थिए भने पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ भारत गएका थिए ।

योसँगै विदेशमा गएर करिब ५ लाख रूपैयाँ खर्च गरेर पेटको सिटिस्क्यान गर्नुपर्ने नेपालीले अब झापामै ८० हजार रूपैयाँमा सेवा पाउने सञ्चालक प्रसाईले बताए ।

न्युक्लियर मेडिसिनअन्तर्गत पेट सिटिस्क्यान मेसिनबाट क्यान्सर रोगको पहिचान गर्न सकिन्छ । क्यान्सर निको भइसकेका व्यक्तिले पनि फलोअपका क्रममा पेट सिटिस्क्यान गर्नुपर्ने हुन्छ । नेपालमा सरकारी तथा नीति क्षेत्रमा उक्त सुविधा नहुँदा अचेल बिरामी भारत, थाइल्यान्डलगायतका मुलुकमा गएर पेट सिटिस्क्यान गर्न बाध्य हुने गरेका छन् ।

सरकारले पटक–पटक पेट स्क्यान खरिदका लागि बजेट छुट्याए पनि हालसम्म खरिद गर्न सकेको छैन । तर पूर्वाञ्चल क्यान्सर अस्पतालले भने यो सेवा सुरू नै  गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार १०:४३