हेर्नु भयो त एडिलेडकी `कान्छी´ ?
३ असार, एडिलेड । नेपालीहरुमा अध्ययन, रोजगारीका लागि विदेशीय पनि देश प्रतिको माया, भाषा प्रतिको माया जिबित छ भन्ने धेरै प्रमाणहरु छन् । पछिल्ला बर्षहरुमा धेरै धेरै युवाहरु मुलुकबाट बाहिरिय आर्थिक उपार्जन गर्दै आफ्ना इच्छा आकाङ्क्षा र रहरहरु पनि पुरा गर्दैछन् ।
कसैका खेलकुद प्रतिको लगाब चाहना कसैको कलाकारिता प्रतिको, देशमा आर्थिक अवस्थाले पनि अनुकुल नभएर बिदेशीय पछि त्यसलाई साकार पार्दै अगाडि बढ्दैछन् विदेशीका पहिलो पुस्ता यस्तै यस्तै परिवेशमा अष्ट्रेलियाको एउटा शहर एडिलेडमा केहि प्रवासी नेपालीहरुले `कान्छी तिम्रो ´ बोलको गितको पुन रेकडिङ्ग गदै म्युजिक भिडियो पनि केहि समय अगाडि सार्वजनिक गरेका छन् ।
बिगत १४ वर्षदेखि अष्ट्रेलियामा रहेका रोयल रोयले नेपालमा हुँदा अभिराम व्यान्डका नाममा गाएको गितलाई आफ्नै सानो सानो तर प्रविधि युक्त स्टुडियोमा पुन गाय अनि संगित मिक्सिङका लागि केहि प्रविधिक विषय यहा नहुने भएकाले नेपाल पठाएर अन्तिम रुप दिएको रोयलले बताए । अष्ट्रेलिया आएर टेलिभिजन , चलचित्र संग सम्बन्धीत शिक्षा मिडिया आर्टसमा स्नातक सम्मको शिक्षा हासिल गरेका उनले आर मल्टीमिडिया प्रोडक्शन नामक कम्पनि नै चलाएका छन् ।
कान्छी तिम्रो बोलको गितका गायक, भिडियोका निर्देशक क्यामेरा पर्सन, अनि सम्पादक पनि हुन रोयल । कला सहित्यमा रुचि लिएका केहि युवाहरुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । जसमा एक हुन उत्तम घिमिरे , उनले गितमा लोक गाउले पारा देखाउन खोजेको बताए ।
एडिलेड वरिपरिका नेपाल संग मिल्दा मिल्दा जस्ता पाखाहरुमा गएर करिव पाच दिन लगायर छायाँङ्कन गरिको भिडियो निर्माणमा आर्थिक भन्दा पुरै पर रहरहरु पुरा गर्न तम्सेका कलाकारहरुका अनिवार्य दैनिकीहरु मिलाउदै छायाँङ्कन स्थलमा पुग्दा अपठ्याराहरु सुनाउदै रोमान्चित भएका घिमिरे यस म्युजिक भिडियोले धेरै शिक्षा दिएकाले आगामी दिनमा अरु भिडियोहरुमा अझै राम्रो गर्ने बताउछन् ।
नेपाली लोक आधुनिक गित कान्छी तिम्रो हालै नेपाली चलचित्र कबड्डी- ४को प्रदर्शनका क्रममा एडिलेडका स्थानिय हलमा गत मे २७ मा सार्वजनिक गरिएको थियो । कलाकार घिमिरेले दर्शकहरुको राम्रो उत्साहप्रद प्रतिक्रिया आएको बताए । उनका अनुसार हल बाहेक युट्युवमा दुइ हप्ताको विचमा ३१ हजार भन्दा धेरै दर्शकहरुले गित हेरिसकेका छन् । म्युजिक भिडियोमा घिमिरे सहित सुजन अधिकारी, संजय पुरी, अर्चना श्रेष्ठ, रिता संस्कार, अनुप श्रेष्ठ, आर्यन घिमिरेले अभिनय गरेका छन् ।
प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार ११:५६