२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पूर्व म्यादी प्रहरी रेखाकाे निउरो टिप्न जाँदा बाघको आक्रमणबाट मृत्यु

२ असार, चितवन । चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक युवतीको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरी समेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको थियो । उनको वेपत्ता बनाएको स्थानबाट ३ सय मिटर पश्चिममा बाघले खाइरहेको अवस्थामा नेपाली सेनाले फेला परेको छ ।

बाघ धपाउन सेनाले पाँच राउण्ड हवाई फायर गरेको छ । युवतीको टाउको र छातीको भाग बाघले खाइसकेको शवको मुचुल्का उठाइसकेको प्रहरीले जनाएको छ ।

स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित ९–१० जना महिला निउरो टिप्न गएका थिए । इलाका प्रहरी कार्यालय दिब्यनगर, इलाका प्रहरी कार्यालय फूलवारीबाट प्रहरी तथा खड्क दल गणबाट सेनाको टोली बस्नेतको खोजी गरेको हो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार १५:४९