२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सम्मान गर्दै एमाले बागमती

२ असार, काठमाडाैँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीले स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखलाई सम्मान गर्ने भएको छ । प्रदेश कमिटीले शुक्रबार काठमाडाैँको साैगात पार्टी प्यालेसमा प्रदेश भित्रका एमालेबाट निर्वाचित भएका प्रमुख र उपप्रमुखलाई बधाइ दिने र सम्मान गर्ने कार्यक्रम राखिएको उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्ताैलाले जानकारी दिए ।

बागमती प्रदेशका ११९ स्थानीय तह मध्ये एमालेले २६ जना प्रमुख र  ३४ जना उपप्रमुख जितेको छ । एमालेले १७ वटा गाउँपालिका अध्यक्ष र ९ वडा नगरपालिकाको प्रमुख जितेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार ११२१ वडा अध्यक्ष मध्ये एमालेले ३६३ माविजय प्राप्त गरेको छ । बागमतीको कुल ५८०६ जना जनप्रतिनिधि मध्ये एमालेबाट २०५५ निर्वाचित भएका छन ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार २३:०५