२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पोखरीमा डुवेर एक बालिकाको मृत्यु

१ असार, सिरहा । सिरहामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव १० वर्षिय गुडिया खातुनको पोखरीमा डुवेर मृत्यु भएको हो । साथीहरुसँग बाख्रा चराउन गएकावेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा डुवेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए ।

उनका अनुसार बच्चा डुवेको खवर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नपा ९ मा रहेको आरके मेडिसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको बताए । शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार २०:२३